मोडलिङ हुँदै फिल्ममा

मोडलिङ । अनिता गिरी मोडलिङ हुँदै फिल्ममा आफूलाई स्थापित गर्न चाहेकी छिन् । उनी ‘द आउट लेयर’ फिल्म मार्फत ठुलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । विक्की महर्जनको निर्माण रहने फिल्मको अहिले प्रिप्रोडक्सन कार्य भइरहेको छ । ‘वैगुनीले गएको थियो छोडेर’, ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैन, ‘तिमीलाई भुल्न’ लगायत दर्जनबढी म्युजिक भिडियो अभिनय गरिसकेकी गिरि खोटाङ सिम्पानीकी स्थायी बासिन्दा हुन् ।

खोटाङमा पुर्खेली घर भएपनि काठमाडौं कर्मथलो बनाउँदै आएकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम क्रियाशील छिन् । सानैदेखि अभिनय र नृत्यमा रुचि भएकी उनले म्युजिक भिडियोमा अभिनयबाट थुप्रै अवार्ड समेत हात पारेकी छन् । म्युजिक भिडियो र फेशन शोमा सफल गिरी फिल्ममा भने कतिको जम्ने हुने त्यो भबिष्यले नै बताउँछ ।

कमेन्ट गर्नुहोस्