समर लभको ‘गुनासो छैन’ सार्वजनिक (भिडियो)

फिल्म । यहि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘समर लभ’ मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको स्याड भर्सनको गीत सार्वजनिक गरेको हो । सार्वजनिक ‘गुनासो छैन’ बोलको गीतको भिडियोलाई लिरिकल बनाइएको छ । गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत समावेश छ भने भोकल र एरेञ्जमा रिकेश गुरुङ छन् । लिड कलाकार आशिष पिया, रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरीलाई पनि गीतमा फिचर गरिएको छ । फिल्ममा समावेश यसअघि सार्वजनिक ‘साया’ बोलको गीत लोकप्रिय बनिसक्दा ट्रेलरले राम्रो हाइप बनाइसकेको छ ।

‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको यो फिल्ममा उल्लेखित तीन कलाकारसँगै नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायत लिड अभिनयमा छन् । ‘समर लभ’को स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह- निर्मातामा सोपन सरकार र मनोज बिक छन् ।

कमेन्ट गर्नुहोस्