‘ए मेरो हजुर ३’ सार्वजनिक गर्यो कलेक्सन

फिल्म । गत चैत्र २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले प्रदर्शनको ५१ औं दिनको पूर्वसन्ध्यामा देशभरबाट ९ करोड ६३ लाख (ग्रस) को व्यापार गरेको छ । राजधानी र पोखराका केही हलमा प्रदर्शन भईरहेको फिल्म ४९ दिनमा गरेको कलेक्सन हो यो । निर्माता सुनिलकुमार थापाले नेपालमा राम्रो ब्यापार गरेकै कारण विदेशमा राम्रो डिमाण्ड रहेको बताएका छन् । निर्देशक झरना थापा र अभिनेत्री सुहाना गएको शुक्रवार फिल्मको प्रदर्शनका लागि युरोप उडेका छन् । फिल्मका वितरक मनोज राठीले फिल्मले राम्रो कलेक्सन गरेको भन्दै यसकै सिरिजलाई निरन्तरता दिन निर्माण पक्षलाई आग्रह गरेका छन् ।

‘ब्राण्डलाई दर्शकको डिमाण्ड अनुसार नै प्रयोग गर्नु पर्छ’ वितरक राठीका अनुसार फिल्म आउँदो चैत्रमा आए राम्रो हुनेछ । उनले भागवत गीतलाई पछि सार्दै ‘ए मेरो हजुर ४’ लाई अगाडी बढाउँन आग्रह गरे । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल केसी गायकको भूमिकामा छन् । फिल्ममा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन गरेका छन् । टिजर सार्वजनिक गरेको केहि समयपछी टिमले गीत सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्