सङ्गीत । गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश न्यौपानेले कोरेका हुन् ।
एकअर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथालाई गीतले मूल विषय बनाइएको छ । गीतमा प्रेम र विश्वासमा घात गरेको कथा दर्शाउन खोजिएको छ । भिडियोमा चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराई फिचर्ड छन् । भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्











