फिल्म । हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । विशेषगरी ‘अवतार’ शृंखलाको तेस्रो भागले प्रदर्शनको सुरुआती दिनमै बलियो उपस्थिति जनाएको छ । गत १९ डिसेम्बर (पुस ४) मा रिलिज भएको उक्त फिल्मले आइतबार दिउँसोसम्म नेपालमा ४ करोड ७१ लाख ४९ हजार ६११ रुपैयाँ आम्दानी गरेको तथ्यांक चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा छ ।
१ सय ९७ मिनेट लामो रनटाइम रहेको ‘अवतार : फायर एन्ड एश’ ले मिश्रित समीक्षाका बाबजुद नेपालमा राम्रो व्यापार गरेको छ । यद्यपि, फिल्मप्रति आएका समीक्षाहरू मिश्रित रहेकाले यसले आगामी दिनमा कति लामो दूरी तय गर्छ भन्ने विषयमा भने अन्योल देखिएको छ। दर्शकको प्रतिक्रिया र ‘वर्ड अफ माउथ’ ले नै अब फिल्मको व्यापारिक यात्रालाई निर्धारण गर्ने देखिन्छ।
कमेन्ट गर्नुहोस्










