दर्शकसँग पल र पुजा

फिल्म । यहिँ फागुन ३० गतेबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउँदै छ । नायक पल शाह र नायिका पूजा शर्माले मुख्य भूमिका निर्वाह गरेको फिल्म भएकै कारण यो प्रतिक्षित छ । यसको सार्वजनिक गीतसंगीत र दर्शकले देखाएको रुचिलाई हेर्ने हो भने ठूलो संख्यामा दर्शक तान्ने अपेक्षा फिल्मकर्मीको छ । दर्शकले रुचाएको जोडी मध्यको एक पल र पुजा पनि पछिल्लो समय दर्शक माँझ प्रत्यक्ष रुपमै पुगेर फिल्मको बारेमा जानकारी गराईरहेका छन ।

यसै क्रममा गत बिहिबार काठमाण्डौको एउटा कलेजमा पुगेका पल र पूजा शुक्रबार भने सुर्खेत पुगे । सुर्खेतमा आयोजना भएको महोत्सवमा पुगेका पल र पूजा हजारौ दर्शकमाझ उपस्थित भए । सुर्खेत पुगेका पल र पूजाले दर्शकसँग फिल्मको गीतमा नृत्य गरे, फिल्म बारे जानकारी गराए । नायक पल शाहले त आफ्नो घर दाङमा रहेको भन्दै सुर्खेत आउने चाहना पुरा भएको सुनाए । यसैगरी शनिबार काठमाण्डौको सोल्टी होटलमा आयोजना भएको एक कलेजको कार्यक्रममा पुगे । फेसन, म्यूजिकलाई समावेश गरिएको कार्यक्रममा उनीहरु पुग्दा कार्यक्रममा सहभागी यूवायूवतीहरु उत्साहित देखिए ।

यसरि पल र पुजाको पछिल्लो गतिविधिलाई नियाल्ने हो भने उनीहरु दर्शकसंग प्रत्यक्ष रुपमा पनि जोडिरहेका छन् । निर्देशक सुदर्शन थापा पनि विभिन्न मध्यमसंगै दर्शकसंग प्रत्यक्ष रुपमा जोडिनु झनै प्रभावकारी रहेको बताउछन् । ‘हाम्रो कुरा हामीले प्रत्यक्ष रुपमा राखिरहेका छौ । साथै हामीले पाएको रेस्पोन्सले हामी निकै आशावादी छौ’ सुदर्शनले भने । ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ ।

कमेन्ट गर्नुहोस्