फिल्म । बिहिबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकनमा अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।
विनोद लामाको प्रस्तुतीमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । यसको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्मलाई नविन बोगटीले निर्देशन गर्दैछन् । उनले यसै फिल्मबाट निर्देशनमा डेव्यु गर्दैछन् । ३० दिनको छायांकन सेड्युल राखिएको फिल्मलाई दीर्घ गुरुङले छायांकन गर्नेछन् ।
कमेन्ट गर्नुहोस्










