फिल्म । सन् २००९ मा प्रदर्शनमा आएको हिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने भएको छ । निर्माण कम्पनि आइकोर फिल्म्सको तर्फबाट प्रज्जवल शम्सेर जबरा र निर्देशक दिनेश राउत बीच सम्झौता मंगलवार प्रोजेक्टको लागि टिमअप भएको छ । तत्कालिन समयमा लभ स्टोरी फिल्मको फर्म्याटनै चेन्ज गर्ने फिल्मको रुपमा लिईएको फिल्मलाई सोहि समयका एसिस्टेन्ट निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् । दिनेशले फिल्म ‘आइएम सरि’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए । लभ स्टोरी फिल्म मार्फत नै आफुलाई निर्देशन स्थापित गरेका दिनेशलाई लिएर फिल्म निर्माण गर्ने तयारीमा आइकोर फिल्म्स रहेता पनि कागजी सम्झौता सहित भने फेब्रुअरी २६ बाट सुरु भएको हो । पछिल्लो समयको पुस्तालाई एउटा सरल र स्वच्छ मायाको आभाष गराउने तयारी सहित टिमले प्रि-प्रोडक्सनको काम अगाडी बढाएको छ ।
दशकपछी ब्राण्डलाई लिएर आउँदै छौ निर्माता प्रज्जवल शम्सेर जबराले ‘मेरो एउटा साथी छ’ रिलिज भएको दशकपछी यसको सिक्वेलको प्रि- प्रोडक्सन सुरु गरेको बताएका छन् । ‘हामीलाई धेरै सोधिने प्रश्न नै यसको सिक्वेल कहिले आउँछ भन्ने हुन्थ्यो , तयारी त गरिरहेका थियौ तर सहि समयको पर्खाइमा थियौ’ निर्माता प्रज्जवलले भने ‘निर्माण कम्पनि र निर्देशक बीच सम्झौता भएपछी अब काम सुरु भएकोछ , आइएम ट्वेन्टी वानपछी यो प्रोजेक्ट फ्लोरमा जान्छ ।’ साथै उनले फिल्मलाई नजिकबाट बुझेकैले दिनेशलाई जिम्मा दिएको समेत बताए । ‘हामीले नयाँ वा पुरानो कलाकार केहि सोचेका छैनौ , सबैको लागि हामी पोजेटिभ नै छौ’ निर्माता प्रज्जवलले भने ‘हामीले आइडिया जेनरेट गरिसकेका छौ अब स्टोरी कम्प्लिट गरेर छिटै दर्शकलाई फिल्म मार्फत मायाको आभास दिलाउछौ ।’ उनका अनुसार फिल्मलाई दर्शकले सन् २०२० मा फिल्मलाई हेर्न पाउनेछन् । फिल्म निर्माताको रुपमा प्रज्जवलका पिता प्रभु शम्सेर जबरा पनि रहनेछन् ।
न्याय गर्न सक्छु जस्तो लागेर साइन गरे निर्देशक दिनेश राउतले प्रोजेक्टलाई न्याय गर्न सक्ने भएकोले साइन गरेको बताएका छन् । आफ्नो शुभ दिन मंगलवारनै उनले साइन गरेका हुन् । ‘मेरो जनरकै फिल्म हो फेरी मैले यसै फिल्म मार्फत करियरलाई स्टार्ट गरेको थिए’ दिनेशले भने ‘फिल्मको सिक्वेलमा निर्देशकको रुपमा अनुबन्धित हुदा अवसरसँगै चुनौतीको महसुस गरेको छु ।’ उनले स्टोरीको कन्सेप्ट आइसकेकाले त्यसलाई छिटै कथामा ढालेर कामलाई तिब्रता दिने बताए । ‘केहि भिन्न गर्ने कोसिस हुनेछ र हामीले भन्ने शैलीलाई फरक गर्ने प्रयास गरिरहेका छौ’ दिनेशले भने ‘कथाको पात्र अनुसार नै कलाकार चयन गरिनेछ , मलाइ यसको लागि निर्माण टिमले स्वतन्त्रता दिनु भएकोछ ।’ उनले प्रसादकै टिमसँग मिलेर नेक्स्ट प्रोजेक्ट गर्ने चर्चा पनि नचलेको होइन तर अब उनि यस्तिबेला ‘मेरो एउटा साथी छ २’ मा मात्र व्यस्त भएको बताउछन् । ‘एकपटकमा म एकै प्रोजेक्टमा व्यस्त हुने भएकोले यसपछी मात्र अन्य प्रोजेक्टको थालनी गर्नेछु’ उनले भने ।
आर्यन सिग्देल , नम्रता श्रेष्ठ , जीवन लुइँटेल , अशोक शर्मा , बीएस राणा , सुष्मा कार्की लगायतका कलाकार अभिनित फिल्मको सिक्वेल बन्ने खबरले दर्शक पक्कै उत्साहित छन् नै तर ब्राण्डको भ्यालु बचाउनु पर्ने चुनौती पनि टिमलाई छ नै । ‘मेरो एउटा साथी छ ‘मार्फत आर्यन र नम्रता स्थापित मात्र भएका थिएनन् सुदर्शन थापा जस्ता निर्देशक र दयाहाङ राई जस्ता कलाकारले डेब्यु पनि गरेका थिए । यसैकारण पनि यसको सिक्वेल आउदै गर्दा दर्शक आशावादी हुनु स्वाभाविक नै हो ।