रुचाईयो ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’

फिल्म । पुरानो फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतको रिक्रिएट गरिएको भर्सनलाई पनि दर्शकले रुचाएका छन् । फिल्म ‘नरसिंहाः अवतार’ मा समावेश गीतलाई दुइ दिनमा दश लाख पटक हेरिएको छ । साथै, युट्युबको सङ्गीत सेक्सनको छैठौँस्थानमा पनि गीत पर्न सफल भएको छ । यसले पनि गीतको लोकप्रियता कायम रहेको प्रस्ट्याएको छ । गीतलाई दर्शकहरुले मनपराइरहेको पाइएको छ भने टिकटक रिल्सहरुमा समेत धमाधाम उलेख्य संख्यामा भिडियोहरु बनिरहेका छन् ।

यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिक्रिएट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । गीतमा शम्भुजितकै शब्द तथा संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोलाई कविराजले गज्जबसँग कोरियोग्राफी गरेका छन् । भिडियोमा सबै कलाकारहरुको नृत्य उत्कृष्ट छ ।

फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ । चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिभ सिने आर्टस्को लागि नेम महर्जनको लगानी छ । साथै, फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।

कमेन्ट गर्नुहोस्