फिल्म । महानायक राजेश हमालले कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तल्लामा रहेको ‘एटिन डी सिनेमा’ को उद्घाटन गरेका छन् । फ्लाईओभर इन्टरटेनमेन्ट सञ्चालमा ल्याएको हो ।
नयाँ वर्ष २०८२ को अवसर पारेर आजदेखि सञ्चालन भएको उक्त करिब १० मिनेट लामो फिल्म हेर्दै अभिनेता हमालले अनुभव बेग्लै रहेको बताए । उनले भने,’यो मेरो लागि पनि नौलो अनुभव थियो । प्रविधिका कारण हरेक दृश्यमा आफैलाई महसुस गर्दै हेरिरहँदा छुट्टै थ्रिल महसुस गरें ।’
फ्लाईओभर इन्टरटेनमेन्टका सञ्चालक राम थापा र हिमाल गुरुङ हुन् । आयोजकले ‘एटिन डी सिनेमा’ न्यूनतम १० देखि ३० मिनेटसम्मका हेर्न पाउनुका साथै तीनसय ६० भिजुयल, सिटको गती, जमिनको कम्पन, हेड सेट तथा चश्माबिना सिधा भिजुयलको सवै उमेर समुहका दर्शकले गर्न पाउने जानकारी दिएको छ ।
यस ‘एटिन डी सिनेमा’ मा डायनासोरको युग फर्किने यात्रा, समुन्द्रको गहिराईमा खोजी, अन्तरिक्षको रोमाञ्चक युद्ध, साहासिक जंगल एडभेञ्चर लगायतका थ्रिलिङ्ग अनुभव गराउने फिल्महरू उच्च गुणस्तरिय प्रविधिमा हेर्न सकिनेछ । यो फिल्मको अनुभव लिन दर्शकलाई तीनसय रुपैंयाको टिकट व्यावस्था गरिएको सञ्चालकले बताएका छन् ।