इकुले ल्याए ‘हत्केला को’ (भिडियो)

संगीत । टेलिफिल्म ‘मेरी बासै’ मार्फत इकुको नामले परिचित सुलेमान शंकरको निर्देशनमा तयार भएको भिडियो गीत ‘हत्केला को’ सार्वजनिक भएको छ ।पछिल्लो समय कलाकारितासँगै सामाजिक कार्यमा समेत संलग्न रहेका इकुको भिडियोमा निराजन प्रधान, मिया सुब्बा र कृपा पुन फिचर्ड छन् । गीतलाई राजिव शर्माले कोरियोग्राफ गरेका हुन् ।

तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा किरन्त लिम्बुको शब्द रहेको छ भने यसमा अशोक प्यासी राई र मेलिना राईको आवाज रहेको छ । साहाश शाक्यको संगीत संयोजन रहेको गीतको भिडियोलाई ज्ञानेद्र शर्माले छायाँकन गरेका हुन् भने यसलाई प्रविन केसीले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्