प्रविणको ‘दैव तैँले’ (भिडियो)

संगीत । गायक प्रविण बेडवालको स्वर रहेको ‘दैव तैँले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा यशोदा महतको शब्द छ भने करण राज कार्कीले संगीत भरेका छन् । सार्वजनिक गीतमा गायक पृथ्वी खनाल मोडलको रुपमा प्रस्तुत छन् । उनलाई अभिनयमा श्रेया रानाले साथ् दिएकी छिन् ।

एक आपसमा रहेको मायाकै बाबजुद पनि अलग हुनु पर्दाको घटनाक्रमलाई भिडियो मार्फत देखाईएको छ । गीतको भिडियोमा मोडल तथा गायक खनालको निर्देशन रहेको छ । उनकै कन्सेप्ट रहेको भिडियोलाई पिटर गुरुङले छायांकन गरे हुन् भने यसमा विष्णुहरीको सम्पादन रहेको छ । नेपालको आईडलको उत्कृष्ट ३ मा समेत परेका गायक प्रविण बेडवालको पछिल्लो समय सांगीतिक आकाशमा आफ्नो स्थान बनाउन प्रयासरत छन् ।

कमेन्ट गर्नुहोस्