फिल्म । ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार हुन लागेको ‘आमा’ को फस्टलुक सार्वजनिक भएको छ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै छायांकनमा गएको यस फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु मिथिला शर्मा र सुरक्षा पन्त देखिएका छन् । सुरक्षा अर्ध मुण्डनमा देखिएकी छिन् ।
सार्वजनिक पोस्टरले सुरक्षाले सामाजिक संस्कृतिलाई हटाउदै आफैले आमाको लागि कपाल मुण्डन गरेको अनुमान गर्न सकिन्छ ।फिल्म आउँदो फागुन ९ मा रिलिज हुँदैछ । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । यसमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् ।










