निश्चललाई मातृशोक

फिल्म । निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । निश्चल बस्नेतकी आमा अमृता बस्नेतको आज बिहान उपचारका क्रममा निधन भएको हो ।

७१ वर्षीया बस्नेत विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लो समय उनलाई निमोनियाले च्यापेको थियो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।आमा बिरामी भएपछि नायिका स्वस्तिमा खड्का फिल्म ‘लाली बजार’को छायांकन बीचमै रोकेर एक साता अगाडि काठमाडौं फर्किएकी थिइन् ।

कमेन्ट गर्नुहोस्