फिल्म । नेपालको ग्रामिण परिवेशलाई पर्दामा उतार्दै आइरहेका निर्देशक नारायण रायमाझी तेस्रो फिल्म ‘परदेशी २’ लिएर दर्शक माँझ आएका छन् । युवामा बढ्दो वैदेशिक अध्यनको चाहना र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित रहेको फिल्मको शुक्रबार बिहान काठमाडौं नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा विशेष प्रदर्शनी आयोजना गरियो । जहाँ फिल्म युनिटसँगै अन्य सेलिब्रेटीले पनि फिल्म हेरेर ।
फिल्म हेरेपछि अभिनेता हरिवंश आचार्यले कथ्य शैलीको प्रसंशा गरे । ‘फिल्मले भावनात्मक बनाउँछ । केही दृश्यमा मेरा आँखा रसाए । लोक संस्कृति र ग्रामिण परिवेशकको कथाले हाम्रो समाजमा बढिरहेको समस्यालाई उजागर गरेको छ’, अभिनेता आचार्यले भने ।
यस्तै, कलाकार दीपकराज गिरी, हाँस्य कलाकार मनोज गजुरेल, गायिका शान्तिश्री परियार लगायतले पनि विषयवस्तुको खुलेरै प्रसंशा गरेका थिए । ‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल फिल्म निर्देशन गरिसकेका निर्देशक रायमाझीले अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर फिल्म तयार गरेका छन् ।
राजेश वंशल निर्माता रहेको फिल्ममा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।