‘अमिताभको ठाउँमा विराज देख्दा आँखा रसाए’

फिल्म । विराज भट्टले फिल्म ‘साङ्लो’ मार्फत निर्देशनमा डेब्यु गरेका छन् । नेपाली फिल्म एक्सन स्टारको ट्याग पाएका भट्टले यहाँ सफलता पाउँदै गर्दा भोजपुरी फिल्ममा प्रवेश गरे । उनको एक्सनकै कारण उनलाई त्यहाँ पनि सफलता मिल्यो । भोजपुरी फिल्ममा झण्डै ७ वर्ष काम गरेका उनले ४ वर्ष अगाडि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । तर, यो फिल्म असफल भएपछि उनी फेरि लामो समय हराए । तर , यतिबेला उनि कलाकारसँगै निर्माता र निर्देशक बनेर फर्किएका छन् ।

फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक कार्यक्रममा विराजले नेपाली फिल्ममा अब निरन्तरता दिने बताए । तर , यतिबेला कुरा गरौ उनि भोजपुरी फिल्ममा हुँदाको । उनले त्यहाँ धेरै कलाकारलाई अप्ठेरो पार्दै आफुलाई स्टार बनाउन सफल भएका थिए । मुम्बईमा बस्दा उनि भोजपुरी फिल्मका सुपरस्टार भनेर सम्बोधित हुन्थे । उक्त समयमा नेपालमा उनको धेरै भोजपुरी फिल्मलाई नेपालीमा डबिङ गरेर पनि प्रदर्शन गरियो ।

उक्त समयमा विराजकै फिल्मको पोस्टर उनको फिल्मको पोस्टर माथि टासिन्थ्यो । त्यसले गर्दा उनले दर्शकको केहि विश्वास पनि नगुमाएका हैनन् । उक्त समयमा मुम्बईमा पनि एकपछि अर्को भोजपुरी फिल्ममा उनि हुन्थे । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बरिष्ठ गायक तथा कलाकार जयनन्द लामाले अभिनेता विराज भट्टलाई ‘महान् कलाकार’ को रुपमा सम्बोधन गरे । उनले आफू केही समय अगाडि काम विशेषले मुम्बईमा पुग्दा विराज भट्टको पोस्टर देखेर आँखा रसाएको सम्झीए ।

‘म मुम्बईमा घुम्न निस्कँदा अघिल्लो दिन हलहरुमा अमिताभ बच्चनको फिल्मको पोस्टरहरु झुण्डिरहेको थियो तर, त्यसको ४/५ दिनपछि जाँदा विराज भट्टको पोस्टर झुण्डिएको थियो’ लामाले भने ,’त्यसबेला मेरो आँखाबाट आँशु झरेको थियो ।’ मुम्बईमा त्यो क्षण सम्झिदै उनले आफ्नो देशको कलाकारले बनाएको पहिचान प्रति गर्व गरे । ‘विराजसँग ‘साङ्लो’ मा काम गर्न पाउँदा म निकै खुसी छु’ लामाले भने । यो फिल्ममा उनी अभिनेता विराजको मामाको भूमिकामा छन् । लामा झैँ फिल्मका कलाकारद्वय कामेश्वर र प्रकाशले पनि आफू विराज भट्टको ठूलो फ्यान रहेको बताए ।

माघ २४ गते प्रदर्शन हुने फिल्ममा उनले सन् २०१७ कि मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, आरपी पन्त, जयनन्द लामा, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । किड्नी तस्करीको कथा उठाइएको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्