सङ्गीत । फिल्म तथा गीतसंगीतका विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै ‘तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा फिल्म अवार्ड २०८२’ काठमाडौँमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरेको अवार्ड समारोहमा लिम्बु, तामाङ र गुरुङ समुदायका कलाकारहरूले आफ्ना मौलिक लोक गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
समारोहमा अभिनेता धिरेन शाक्य, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी र लोक गायक कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरियो । यस्तै, अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला ह्रिमठिम तामाङ डम्फु संघ नेपाललाई पनि सम्मान गरिएको थियो । अवार्डका निर्णायक मण्डलमा फिल्म निर्देशक दिनेश लिङदेन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ र राज लिम्बु शुक्र रहेका थिए।
आदिवासी फिल्मतर्फ उत्कृष्ट फिल्मको अवार्ड लिम्बु फिल्म ‘नाम ओती’ ले प्राप्त गर्यो भने उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘टुहुरी’ बाट जनक गुरुङले हासिल गरे । उत्कृष्ट अभिनेताको अवार्ड ‘नाम ओती’ बाट पूर्णबहादुर लिम्बुले र उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘श्होङ’ बाट रुपा एस घलेले प्राप्त गरिन् । चरित्र अभिनेताको अवार्ड ‘टुहुरी’ बाट कुमार साम्री घलेले, चरित्र अभिनेताको जुरी अवार्ड अच्युत गुरुङले र चरित्र अभिनेत्रीको अवार्ड ‘टुहुरी’ बाटै कमला राई (करु)ले जितिन् ।
लिम्बु फिल्मतर्फ चरित्र अभिनेताको अवार्ड फिल्म ‘चे’ बाट तीर्थराज लिम्बुले र चरित्र अभिनेत्रीको अवार्ड ‘नाम ओती’ बाट ज्योति लिम्बुले प्राप्त गरिन् । तामाङ सेलो विधातर्फ उत्कृष्ट गायकको अवार्ड सातै प्रदेशबाट देवलाल मोक्तानले र जुरी अवार्ड ‘आजको रमाइलो’ बाट हरिलाल तामाङले प्राप्त गरे। उत्कृष्ट गायिकाको अवार्ड ‘हुरहुर दौंतरी’ बाट ओङमु शेर्पाले र जुरी अवार्ड ‘झेवा मैच्याङ’ बाट लक्ष्मी घिसिङले जितिन् । तामाङ गीत उत्कृष्ट पुरुष मोडलको अवार्ड ‘फनफनी घुम्ने’ बाट मंगले तामाङ (मनोज थीङ) र पब्लिक च्वाइस अवार्ड ‘साइला नक्कले’ बाट सुजन घलेले पाए । उत्कृष्ट महिला मोडलको अवार्ड ‘जाडो बढ्यो याङ्गी दोङ’ बाट र जुरी अवार्ड ‘तुम्लिङटार’ बाट सपना तामाङले प्राप्त गरिन् ।
म्हेन्दोमाया विधातर्फ उत्कृष्ट गायकको अवार्ड ‘संकेन तोमौ’ बाट सुमन घलेले र उत्कृष्ट गायिकाको अवार्ड ‘हंगामा मच्चाइ’ बाट सिता लामाले जितिन् । यही विधामा जुरी अवार्ड ‘मायालाई चिनो’ बाट डोल्मा लोप्चनलाई प्रदान गरियो भने महिला मोडलको अवार्ड ‘तोला तोला’ बाट सलिना तामाङले प्राप्त गरिन् । मौलिक तथा गुरुङ गीततर्फ उत्कृष्ट गायिकाको अवार्ड ‘मारै ट झलल’ बाट पवित्र गुरुङले, जुरी अवार्ड ‘फूलको थुंगा’ बाट दुर्गा गुरुङले र पब्लिक च्वाइस अवार्ड ‘तमु समाज युके’ बाट अनिता गुरुङले प्राप्त गरिन् ।
लिम्बु गीततर्फ उत्कृष्ट गायकको अवार्ड ‘पालाम आनिङबा–५’ बाट शम्भु फोम्बाले, जुरी अवार्ड ‘मिघम्ब’ बाट तानाम तान्छो लावतीले र उत्कृष्ट गायिकाको अवार्ड ‘अम्लेङसा के ओत्ल’ बाट हेमुस्मृति चोङबाङले जितिन्। लिम्बु गीत भिडियो पुरुष मोडलको अवार्ड ‘पालाम फुङहेक्के–२’ बाट हर्क घिसिङले र महिला मोडलको अवार्ड ‘सोमिप्पा’ बाट सुम्निमा खापुङ लिम्बुले प्राप्त गरिन्। ‘चिन्डो मा धान छ’ गीतको भिडियोबाट मिना लिम्बुले चरित्र अभिनेत्रीको अवार्ड जितिन्।
मौलिक गीत गायनतर्फ उत्कृष्ट गायकको अवार्ड ‘तमु समाज युके’ बाट आरके गुरुङले, पब्लिक च्वाइस अवार्ड ‘ढोल झ्याम्टो’ बाट नन्दु राईले, उत्कृष्ट गायिकाको अवार्ड ‘उहिलेको माया’ बाट शिला राईले र जुरी अवार्ड ‘हौ लुंग’ बाट रबिन लेछारले प्राप्त गरे । आदिवासी गीत गायिकाको अवार्ड ‘काफल पाक्दा बनैमा’ बाट जुनी खालिङ राईलाई र आदिवासी गीत गायकको अवार्ड ‘लकु फोरी’ बाट मिस्टर एलोन सोनाम गुरुङलाई प्रदान गरियो ।
आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड ‘जोडी राम्रो’ बाट रमेश थापा मगरले, नृत्य निर्देशकको अवार्ड ‘तमु समाज युके’ बाट तेन्याङ (सरु) गुरुङ रानाले प्राप्त गरे । उत्कृष्ट महिला मोडलको अवार्ड ‘हङकङको चिनो’ बाट रिस्ता गुरुङले, महिला मोडल पब्लिक च्वाइस अवार्ड ‘लकु फोरी’ बाट देचाङ आङ्मा घलेले र बाल कलाकारको अवार्ड ‘लकु फोरी’ बाट तेन्जिङ जस्टिङ गुरुङले जिते ।
यसैगरी, उत्कृष्ट गीतकारको अवार्ड ‘तमु समाज युके’ बाट सूर्य गुरुङले, उत्कृष्ट संगीतकारको अवार्ड ‘लकु फोरी’ बाट मिस्टर एलोन सोनाम गुरुङले र म्युजिक भिडियो छायांकारको अवार्ड ‘डोको चोयाले’ बाट सञ्जय बुढाथोकी मगरले प्राप्त गरे । म्युजिक भिडियो मेकअप आर्टिस्टको अवार्ड ‘आन्छी मिम आफाल्लाङ’ बाट सोम मगरांतीले जिते । समारोहमा वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड ‘हङकङको चिनो’ ले हासिल गर्यो भने ‘तमु समाज युके’ लाई पब्लिक च्वाइस अवार्ड प्रदान गरियो ।












