साउथका निर्देशकसँग काम गर्दै सलमान

67 Shares

फिल्म । बलिउडका भाइजान सलमान खानले साउथ इण्डियन फिल्म निर्देशकसँग काम गर्ने भएका छन् । साउथ इण्डियन फिल्मनगरीमा कन्नड , तामिल , तेलुगु लगायतका भाषामा फिल्म बनाइसकेका पुरी जगन्नाथसँग सलमानलेका गर्न लागेका हुन् । पछिल्लो समय एक्सन फिल्म गरिरहेका सलमानले पुरीसँग पनि एक्सन फिल्मनै गर्नेछन् ।

साउथ एक्सन तथा थ्रिलर फिल्म बनाउने निर्देशनमा पर्ने पुरीले धेरै सफल दिएका छन् । उनले बलिउडमा पनि ‘बुढा होगा तेरा बाप’ फिल्म बनाइ सकेका छन् भने पछिल्लो समय करण जोहरसँग मिलेर फाइटर नामक फिल्म बनाउदै छन् । यसमा पछिल्लो समयका स्टार विजय डेवरकोण्डा लिड रोलमा छन् । यसैले गर्दा सलमानले पुरीको कथालाई रुचाएका छन् भने उनको प्रस्तुतीकरण देखि दंग छन् । लकडाउनपछी यसको घोषणा हुने बताइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्