‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक

फिल्म । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सङ्गीतकार बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, गरिमा शर्मा र आशिफ शाह फिचर्ड छन् ।

आगामी जेठ ९ गतेबाट प्रदर्शन हुने फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्ममा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ ।

कमेन्ट गर्नुहोस्