‘फटाह फणिन्द्रे’ बन्ने

फिल्म । ‘फटाह फणिन्द्रे’निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन समेत उनी आफैले गर्दैछन् । ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’मा खन्याउन लागेको खड्काले बताए ।

हुन त केही पहिले घोषणा भएको यो फिल्मका लागि अहिले अभिनेत्री सुस्मा कार्की अभिनेत्रीको रुपमा छनौट भएकी छन् । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्म कमेडी जनरा निर्माण हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्