‘गीतलाई हरेक किसिमले राम्रो बनाउने प्रयास गरेका छौ’

1K Shares

फिल्म । अभिनेता पुष्प खड्का अभिनयको कारण चर्चामा आउने गर्छन् । म्युजिक भिडियो हुँदै फिल्ममा आएका पुष्पको अभिनयले मङ्गलममा निकै चर्चा पायो । उनले निर्वाह गरेको भूमिका र त्यसलाई पर्दा गरेको न्यायलाई धेरैले तारिफ गरे । यिनै पुष्प पछिल्लो समय फिल्म मारुनी मार्फत दर्शकसामु आउंदैछन् । पछिल्लो समय उनको करियरलाई एक स्टेप माथि लग्न सक्ने धेरैले अनुमान गरिरहेका छन् ।

यसै बीच फिल्मको पहिलो गीत ‘जाम न माया जाम’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा पुष्पसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छिन् । दीपक बज्राचार्यको स्वर र संगीत रहेको गीतको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने यसलाई संजय लामाले छायाँकन गरेका हुन् ।

राजधानीको ठमेल स्थित फरेन हाइट क्लबमा छायाँकन गरिएको गीतमा आफुले सक्दो मेहनत गरेको पुष्पले बताए । ‘मैले कोरियोग्राफरलाई भेनर नै म मेरो काममा सम्झौता गर्दिन र मलाइ सक्दो मेहनत गराउनु भनेको थिए’ उनले भने ‘एक्सन र डान्स देखाउने रहर थियो , जसलाई यसले केहि हदसम्म पुरा गरेको छ ।’ गीतले सार्वजनिक कार्यक्रममै राम्रो प्रतिक्रिया पाएपछि उनि दंग थिए ।

‘विदेशी फिल्मको डान्स लोभ लाग्दो हुन्छ त्यसैले हामीले पनि कोसिस गरेक छौ’ पुष्पले भने । साथै , उनले साम्राज्ञीसँग काम गर्दा निकै सहज भएको समेत बताए । ‘केमेष्ट्री विल्ड़प गर्न गाह्रो भएन , राम्रो काम भएको छ जस्तो लाग्छ’ पुष्प निकै आश्वादी छन् । उनले आफ्नो गुरु नवल नेपालको निर्देशन र पुनम गौतम जस्तो निर्मात्री पाएकोले सबैले आश गर्ने काम भएको बताए ।

गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेकोछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । फिल्ममा पुनम गौतम निर्मात्री छिन् भने राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह–लगानी छ । फिल्म भाद्र १३ मा रिलिज हुनेछ ।

Facebook Comments