फिल्म । सन् १९४९ मा भएको मलाया युद्ध लडेको एक वीर सैनिकको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’ को काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिजर सार्वजनिक गरिएको छ । निर्देशक चाम्सले फिल्मले युद्धसँगै सैनिकको जीवनी समेत देखाउने जानकारी दिए । ‘सैनिकको परिवार र जीवनी समेत समेटेका छौँ । नेपालीले कायम गरेको वीरताको कथा फिल्ममार्फत विश्वलाई भन्नुपर्छ’, निर्देशक चाम्सले भने । उनले फिल्ममा जंगल युद्ध देखाइएको जानकारी दिदै फिल्मी भन्दा पनि वास्तविक युद्ध र तरिका देख्न पाइने बताए ।
फिल्मका कलाकार मध्येका एक रेअर राईले गोर्खाली कथामा अभिनय गर्दा पाउँदा खुसि व्यक्त गरे । ‘म यसमा जोडिन पाउँदा खुसि छु । नेपाली वीरता कथालाई पर्दामा देखाउन पाए । निकै मेहनत गरेका छौं’, उनले भने । नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा प्रिमियर हुँदैछ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ ।
विजय लामा सैनिक मेजरको भूमिकामा छन् । नेपाल र मलेशियामा छायांकन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत रहेको छ ।