‘सिम्बा’ मा गोलमाल ग्याङ्ग (भिडियो)

फिल्म । ट्रेलर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘सिम्बा’को गीत सार्वजनिक भएको छ । फिल्म ‘तेरे मेरे सपने’ मा समावेश ‘लड्की आँख मारे’ लाई रिमेक गरेर सिम्बामा राखिएको छ । ओर्जिनल गीतमा कुमार सानु र कविता कृष्णमुर्थीको आवाज रहेको छ भने यसलाई आनन्द बक्सिले लेखेका हुन् । यसमा विजु शाहले संगीत दिएका छन् ।

यसको रिमेक भर्जनलाई तनिश्क बाग्चीले प्रोग्राम्ड गरेका हुन् भने यसमा कुमार सानुसँगै नेहा काकड़ र मिका सिंहको स्वर थपिएको छ । गीतमा फिल्मका कलाकार रणवीर सिंह र सारा अलि खानसँगै गोलमाल ग्याङ्गलाई पनि देखाइएको छ । अर्थात् गीतमा अर्सद वारसी , तुषार कपुर , कुनाल खेमु र श्रियस तल्पड़े देखिएका छन् ।

यसमा अजय देवगन सिंघम अवतारमा प्रस्तुत हुदैछन् । निर्देशक रोहित शेट्टी यसफिल्मलाई ब्लकबष्टर बनाउन कुनै कसर बाकी राख्ने छैनन् , त्यसैले उनले यसमा धेरै सर्प्राइज प्लान गरेका छन् । यो साउथ इन्डियन फिल्म ‘टेम्पर’ को रिमेक हो ।

कमेन्ट गर्नुहोस्