चोरिएको हो ‘देवी’ ?

फिल्म । पछिल्लो समय एक शर्ट फिल्म निकै चर्चामा छ , त्यो हो ‘देवी’ । फिल्म हेर्ने अधिकांसले यसलाई रुचाएका छन् । यसको प्रसंसाले यतिबेला यसको मेकर दंग छन् । तर , यसै बीच यसलाई चोरीको आरोप लागेको छ । बलिउड अभिनेत्रीहरू काजोल, नेहा धुपिया, श्रुति हसनद्वारा अभिनीत फिल्म ‘देवी’लाई एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले चोरीको आरोप लगाएका हुन्। अभिषेकले आफ्नो सर्ट फिल्म ‘फोर’सँग देवीको कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाए ।

अभिषेकका अनुसार दुई वर्षअघि फिल्मको विद्यार्थी भएका बेला अन्डा करी प्रोडक्सनले सर्ट फिल्म ‘फोर’ बनाएको थियो । फिल्मको मुख्य थिम बलात्कारपीडितको सामना अर्का पीडितहरूसँग हुने गर्छ । फिल्म ‘देवी’ पनि उही कथावस्तुमा आधारित रहेर बनाएको देखिन्छ, उनले फेसबुकमा लेखेका छन् ।

उनले अर्काको आइडियालाई कसैले कसरी आफ्नो भन्न सक्छ ? भन्दै प्रश्नसमेत तेस्र्याएका छन् । उनले देवीका निर्माताविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने पनि जनाएका छन् । ‘देवी’को लेखन तथा निर्देशन प्रियंका बनर्जीले गरेकी छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्