फिल्म । पछिल्लो समय टलिउडसंगै बलिउडमा उत्तिकै चर्चामा छिन् , तमन्ना भाटिया । उनलाई ‘बाहुबली’ सिरिजले चर्चामा ल्याएको हो । उनि फिल्मसँगै आफ्नो लुक्सका कारण चर्चामा रहन्छिन् । तमन्ना अहिले आफ्नो स्वयम्बरका बारेमा गरेको घोषणाका कारण पनि चर्चामा छिन् । उनले आफ्नो स्वयम्बरमा यी तीन स्टारलाई बोलाउने बताएकी छन् ।
एक अन्तर्वार्तामा तमन्नाले आफ्नो स्वयम्बरमा ऋतिक रोशन, विक्की कौशल र प्रभासलाई बोलाउने चाहना रहेको बताएकी छन् । उनले आफू ऋतिक रोशनको फ्यान भएको पनि पुष्टि गरेकी छन्। तमन्नाले ऋतिकसँग भएको आफ्नो भेटघाटका बारेमा पनि खुलेर कुरा गरेकी छन् । भेटमा उनले ऋतिकसँग तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरेकी छन् । तमन्ना छिट्टै बलिउड फिल्म ‘बोले चुडियाँ’ मा देखिने छन्। फिल्ममा उनीसँग नवाजुद्दिन सिद्धिकी लिड रोलमा छन्। (एजेन्सी )
कमेन्ट गर्नुहोस्











