प्रभासको ‘जान’ पुजा

फिल्म । बाहुबली सिरिज मार्फत स्टार बनेका प्रभासले पछिल्लो रिलिज फिल्म ‘साहो’ मा आफ्नो स्टारडमलाई प्रस्ट्याई सकेका छन् । उनकै कारण फिल्मले सुरुवाती व्यापार निकै आक्रामक गरेको थियो । यिनै प्रभासले नयाँ फिल्म ‘जान’ लिएर दर्शक माँझ आउने भएका छन् । पछिल्लो समय पिरियड ड्रामा र एक्सन थ्रिलरमा देखिएका प्रभासको यो फिल्म विशुद्ध प्रेम कथामा आधारित हुनेछ । राधाकृष्णले निर्देशन तयार हुने फिल्मलाई युरोपको रोमान्टिक भूभागमा खिचिनेछ ।

‘फिल्ममा प्रेम कथा देखाउने छ भने यसको सेटअप ल्याविस हुनेछ’ निर्देशक राधाकृष्णले भने । फिल्ममा प्रभास एक ज्योतिषको भूमिकामा छन् भने उनको को-स्टार छिन् पुजा हेग्डे । प्रभास र पुजाको जोडी दर्शकको लागि नयाँ देखिनेछ । प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा खलपात्रमा जगपथी बाबुलाई अनुबन्ध गरिएको छ । फिल्मकै लागि प्रभासले आफ्नो बडीमा परिवातन समेत गरिरहेका छन् । फिल्म आउँदो वर्ष प्रदर्शनमा आउनेछ । फिल्मको छायाँकन नोभेम्बर १८ बाट सुरु हुदैछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्