विवाहको विषयमा के भन्छिन् रश्मिका ?

फिल्म । गीता गोविन्दम र डियर कमरेड मार्फत तेलुगु स्टारद्वय विजय देवरकोन्डा र रश्मिका मन्दानाको जोडी चर्चामा आयो । विजयलाई ‘अर्जुन रेड्डी’ ले नै चर्चामा ल्याएता पनि रश्मिकासँगको जोडी दर्शकले रुचाए । फिल्ममा जोडी सुहाएको प्रतिक्रियासँगै यी दुइको सार्वजनिक भिडियोहरुले कतै प्रेममा त छैनन् ? भन्ने चर्चा पनि सुरु भयो । यद्दपी यी दुइले आफुलाई मिल्ने साथीको रुपमा मात्र बताउदै आइरहेका छन् । तर , केहि समय अगाडी देखि यी दुइको विवाहको चर्चा बढ्दो छ । केहि समय अगाडी मुम्बईमा डेट गर्दै गरेको भेटिएपछि उनीहरूको विवाहको समेत चर्चा चल्न थालेको हो ।

यद्दपी यी दुइले नै मुख खोलेनन् । तर , पछिल्लो एक अन्तवार्ताको क्रममा यसबारे रश्मिकाले बोलेकी छिन् । उनले यसलाई टाइम पास गसिप भनेकी छिन् । ‘यो सबको लागि मसँग समय छैन । मेरो समय आएपछि म विवाह गर्छु नै । अहिले नै के हतार छ र ?’ उनले आफ्ना बारेमा धेरै गसिप नबनाउन समेत आग्रह गरिन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने विजय र रश्मिका दुवै अहिले आ–आफ्नो फिल्मको छायांकनका लागि मुम्बईमा छन् । विजय ‘लाइगर’ को छायांकनमा छन् भने रश्मिका ‘गुडबाइ’को छायांकनमा छिन् । एजेन्सी 

कमेन्ट गर्नुहोस्