फिल्म । यो वर्ष सन् २०२० लाई बलिउडको ठुलो प्रोडक्सन हाउस यशराज फिल्म्सले ‘गोल्डेन इयर’ को रुपमा सेलिब्रेट गर्दैछ । यश चोपडाले सन् १९७० मा यसको स्थापना गरेका थिए जसको बागडोर पछिल्लो समय उनका छोरा आदित्य चोपडाले सम्हाली रहेका छन् । यसैक्रममा स्थापनाको ५० औ वर्षमा यशराज व्यानरबाट ठुला फिल्म आउने अनुमान यतिबेला बलिउडमा गरिएको छ । जसलाई यशराज व्यानरले विस्तारै बाहिर ल्याउदैछ । जसको तयारीमा यतिबेला टिम लागिरहेको छ । केहि फिल्म रिलिज हुदैछन् भने केहि घोषणा भईसकेका छन् ।
आदित्यले यशराज फिल्म्सको स्थापनालाई भव्य रुपमा सेलिब्रेट गर्ने सोच बनाएका थिए । तर , कोरोना भाइरसले निम्त्याएको अवस्थाले गर्दा उनले कार्यक्रम गर्न सकेका छैनन् । यद्दपी उनले फिल्म निर्माणको तय भने गरिरहेका छन् । उनले आफ्नो नातेदार समेत पर्ने अभिनेता अजय देवगनसंग फिल्म निर्माण गर्दैछन् । शिव रवैलको निर्देशनमा बन्ने एक्सन फिल्ममा अजय लिड रोलमा रहनेछन् । यद्दपी उनको भूमिका नकारात्मक रहने भारतीय मिडियामा उल्लेख छ ।
आपसी विवादका कारण अजयले अझैसम्म पनि आदित्यसंग सहकार्य गरेका छैनन् । तर , यशराज फिल्म्स स्थापनाको ५० औँ वर्ष पार गरेको उपलक्ष्यमा आदित्यले अजयसंग टिमअप गर्न सफल भएका छन् । यसै फिल्म मार्फत बलिउड अभिनेता चुंकी पाण्डेका भतिज आहान पाण्डेले डेब्यु गर्दैछन् । सुपरहिरोको कथामा निर्माण हुने फिल्मको बजेट १ सय ८० करोड भनिएको छ । अजयसँगको सहकार्यमा आदित्यले कुनै कमि छाड्ने सोचमा छैनन् । फिल्मलाई सिरिजको रुपमा समेत अगाडी लगिने छ । फिल्मको प्रोडक्सनमा मात्र ९० करोड बजेट छुट्याईएको छ । बाँकि रकम कलाकारको पारिश्रमिक र प्रोमोसनसँगै अन्य गतिविधिमा जोडिने यशराज निकटले बताएका छन् । (एजेन्सी)










