फिल्म । बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ले बुधबार राजधानिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रदर्शनको पुर्व सन्ध्यामा रेड कार्पेट प्रिमियर गर्ने प्रचलन छ तर ‘पसिना’ युनिटले भने ‘पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६’ को आयोजना गरेको हो ।
उक्त कार्यक्रममा फिल्मको बारेमा अन्तरक्रिया तथा विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । पुर्व मन्त्रि तथा समाजसेवी भद्र कुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यसका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता किसिमका फिल्मले समाजमा सकारात्मक संदेश दिने भएकाले यस्ता फिल्महरु निर्माण हुनु पर्ने बताए । कलाकार सरोज खनालले कार्यक्रममा बोल्दै यस्ता फिल्महरु निर्माण हुनु अत्यन्तै आवस्यक रहेको बताए ।

निर्माता शान्ता ढकालले आफु पनि समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहेको कारण सामाजिक बिषय बस्तुको फिल्ममा लगानी गरेको बताईन आफु समाजसेवी भएकोले कार्यक्रममा समाजसेवी भद्र कुमारी घलेलाइ प्रमुख अतिथि बनाएको समेत उनले खुलाईन् । अर्का निर्माता इन्जिनियर संजय महतोले आफु पनि मजदुर नै भएकोले मजदुरको कथा बोलेको चलचित्र ‘पसिना’ मा लगानी गरेको बताए। निर्देशक आर.बि.शरदले कार्यक्रममा बोल्दै फिल्म निर्माणमा सहयोगी भूमिका निभाउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे । फिल्मले ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने मूल नारा बोकेको छ, काम कुनै पनि सानो ठुलो हुँदैन, मजदुर बिना मालिक बन्न सकिन्न भन्ने कुरा उठाईएको निर्देशकले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्र कुमारी घलेले अहिले नेपाललाइ सत्चरित्रवान व्यक्तिको खाँचो रहेको बताइन अहिले नेपाललाइ इमान्दारी व्यक्ति र सत्कर्म गर्ने व्यक्तिको आबस्यकता छ,आज नेपाललाइ पसिना बगाउने व्यक्तिको आबस्यकता रहेको उनले प्रस्ट पारिन् । सम्मानित हुनेमा कलाकारहरु सरोज खनाल,रबि गिरि,गौरब पहाडी,सुरजनी केसी,छायाँकार राम कुमार केसी,नृत्य निर्देशक शिब बिक,शारदा प्रसाद धिताल,राम काजी बस्न्यात,समिता केसी,अनिता केसी,सचिन रौनियार,संगीता शाह,सहिम शाह.गीता देवी मैनाली,संगीता धमला,मीना शर्मा,दिपक डोटेल,सोनि अधिकारी,दीपशिखा शर्मा,सावित्री भुजेल,मोहन देव बिस्ट,सीमा राइ,राजेन्द्र कपाली,मान बहादुर तामांग लगाएत रहेका छन् ।

फिल्मलाइ आरबि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् भने कथा पनि उनले नै लेखेका हुन् । पछिल्लो समय निर्माण भएका फिल्ममा मजदुरका कथा प्राय देख्न पाइन्न । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको फिल्ममा संजय महतो कार्यकारी निर्माता रहेका छन् ।












