‘फिल्मले भूत प्रति गलत मानसिकता सिर्जना गरेको हो’ : प्रियंका

फिल्म । अभिनेत्री प्रियंका कार्कीले भूतका विषयमा सिर्जित व्याख्या गलत रहेको बताएकी छिन् । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा फिल्म ‘मम्मी’ द्वारा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री कार्कीले फिल्ममा भूतलाई गरिएको चित्रणले मानसिकता निर्माण भएको बताईन् ।

उनले भनिन्,‘फिल्ममा देखाईएको जस्तो भूतले हामीलाई आएर मारिहाल्ने होइन होला, फिल्म हेरेर नै हामीले मानसिकता बनाएका हौँ । नकारात्मक ऊर्जाको पनि आफ्नै तथ्य र कारण हुन् सक्छन् । म बेलुकी हिड्दा भूत भन्दा पनि मानिससँग डराउछु ।’

आयोजित पत्रकार सम्मेलनमा उनले ‘मम्मी’ लाई डराउने, तर्साउने फिल्म मात्र भनेर नबुझ्न आग्रह गरिन् । उनका अनुसार यो फिल्मले सामाजिक विषय उठान गरेको र प्रस्तुतीकरण हरर शैलीको छ ।

‘मैले पनि स्क्रिप्ट पढ्दा २/३ भिन्न तरिकाले हेरेको थिएँ यो स्क्रिप्टलाई । के यो हरर नै हो र ? साँच्चिकै देखेको हो र ? कि उसले कल्पना गरेको हो कि ? यस्तो प्रश्न पनि आउँछ । यो पक्षमा राम्रो पटकथा लेखिएको छ । तपाईँले यसलाई त्यसरी पनि हेर्न सक्नुहुन्छ’, अभिनेत्री कार्कीले भनिन् ।

फिल्ममा अभिनेत्री कार्कीसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । फिल्मको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

यसको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

कमेन्ट गर्नुहोस्