सुगमले ल्याए श्वेत हंसिनी (भिडियो)

संगीत । गायक सुगम पोखरेलले श्रीपंचमीको अवसर पारेर सातौँ गीति सङ्ग्रह श्वेत हंसिनीमा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरेका छन् । सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द, सङ्गीत तथा स्वर सुगमकै रहेको छ । केहि समय अगाडी दसैँ लक्षित गीत ल्याएर चर्चामा रहेका सुगमले यस गीतलाइ पनि फेस्टिभलमा बज्ने किसिमको बनाएका छन् ।

उनले गीतमा सरस्वती बन्दनाको पनि प्रयोग गरेका छन् । गत मंगलवार राजधानीमा एक कार्यक्रमको बीच सार्वजनिक गरिएको गीतको भिडियोलाई साइमन राईसँग मिलेर सुगम आफैले निर्देशन गरेका हुन् । भिडियोलाई साइमन राई तथा दिनेश थापाले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्