ताप्सी र कृतिले छाडेको फिल्ममा कार्तिक

0 Shares

फिल्म । युथ सेन्सेसनल अभिनेता कार्तिक आर्यन फिल्म ‘धमाका’ मा देखिदैछन् । फिल्मको छायांकन पनि सकिसकेका छन् । उनले फिल्ममा अर्जुन पाठक नामक एक पत्रकारको भूमिका निर्वाह गरेका छन् । यो फिल्म साउथ कोरियाली फिल्म ‘द टेरर लाइफ’ को रीमेक हो । फिल्म स्क्रिप्ट बनिसकेपछि हिरोइन प्रोटागोनिस्टको कथामा थियो ।

लेडी जर्नालिस्टले भोग्ने कथालाइ फिल्ममा देखाईने तयारी निर्देशक राहुल ढोलकियाले गरेका थिए । उनले फिल्मको लागि ताप्सी पन्नुलाई आग्रह गरे । यद्दपी उनले फिल्म गर्न नसक्ने बताइन । त्यसपछि निर्देशक राहुलके कृति सेननलाइ अप्रोच गरे । उनले पनि फिल्म नगरेपछि यसको राइट्स रहेको निर्माण कम्पनि अजुरे इन्टरटेनमेन्टले राम माधवणी बेच्यो ।

रामले स्क्रिप्ट पाएपछि फिल्मको प्रोटागोनिस्ट हिरोलाइ बनाए । त्यसपछि फिल्म कार्तिक आर्यनलाइ प्रस्ताव गरियो । उनले कथा मन पराएपछी फिल्म गरे । फिल्ममा एउटा धमाका भएपछी रिपोर्टिङ गर्ने पुगेका पत्रकार अर्जुनको भोगाईलाइ देखाईएको छ । फिल्मको छायांकन कार्तिकले १० दिनमै सकेका थिए । इन्डोर त्यो पनि होटेलमा झन्डै ३ सय कास्ट एण्ड क्रिउले फिल्मको काम सकेका हुन् ।

होटल प्रवेश अगाडि सबै सदस्यको कोभिड परिक्षण पनि गरिएको थियो । होटलबाट बाहिर जाने र बाहिरबाट होटलमा प्रवेश गर्ने अनुमती कसैलाई पनि दिइएको थिएन ।निर्देशक रामले छायांकन अगाडि नै सबै तयारी पुरा गरेकै कारण उनका लागि बारम्बार टेक लिनुपर्ने झन्झट नरहेको र काम चाडै सकिएको बताइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्