भिएफएक्समै २ सय ५० करोड ?

फिल्म । बाहुबली सिरिजमा अभिनय गरेसंगै साउथ मात्र नभई भारतीय फिल्म उद्योगकै महंगा अभिनेतामा पर्छन , प्रभास । उनले अभिनय गरेको ‘साहो’ को व्यापारले उनको क्रेज प्रस्ट्याइ सकेको छ । त्यसपछि उनले ‘राधे श्याम’ नामक फिल्ममा काम गरिसकेका छन् । यिनै प्रभास पछिल्लो समय ‘आदिपुरुष’ फिल्ममा काम गर्दैछन् ।

बलिउडमा तान्हाजी बनाएर चर्चामा आएका निर्देशक ओम राउतले फिल्मको निर्देशन गर्दैछन् । फिल्ममा अभिनेत्रीको रुपमा कीर्ति सुरेश र भिलेनमा सैफअलि खान रहने चर्चा पनि छ । यद्दपी यसमा निर्माण पक्षले आधिकारिकता दिईसकेको छैन । ‘तान्हाजी’ मा भिलेनको भूमिकालाई जीवन्त बनाएकै कारण सैफलाई लिने मनसाय ओमले बनाएका छन् । भारतीय मिडियाको अनुसार सैफको विकल्प निर्माण पक्षले भेट्न सकेको छैन ।

यसैगरी ५ सय करोडको बजेटमा बन्ने भनिएको फिल्मको २ सय ५० करोड रुपैयाँ त केवल भिएफएक्समा मात्र खर्च हुने भएको छ । निर्माण पक्षले देखाउनु पर्ने दृश्यको क्यालकुलेट गरेपछि यस्तो बजेट देखिएको हो । ‘बाहुबली’ पछी प्रभासले प्राय बिग बजेटको फिल्ममा काम गरिरहेका छन् । साहो , राधे श्याम , नाग आश्विनको फिल्म र आदिपुरुष आदि पनि बिग बजेटकै फिल्म हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्