यसकारण कमेडीमा सफल भए ‘कपिल शर्मा’

टेलिभिजन । टेलिभिजनमा कमेडियनको रुपमा निकै चर्चा कमाएका व्यक्तिमा पर्छन , कपिल शर्मा । उनले स्ट्रगलपछी सफलता र असफलता दुवैलाइ भोगिसकेका छन् । टेलिभिजनमा दर्शकको साथ् पाउँदै स्टारडम बढाई रहेका कपिल आपसी विवादका कारण शुन्य अवस्थामा पुगेका थिए । अस्ट्रेलियामा शो सकेर फर्किदै गर्दा आफ्नै सहकर्मी सुनिल ग्रोभरलाई दुर्व्यवहार गरेको भन्दै आलोचित बनेका कपिल त्यसयता राइज गर्न सकेका थिएनन् ।

उनले पटक पटक प्रयास पनि नगरेका होइनन् , तर पनि असफलता नै पाए । त्यसपछि उनि झन्डै एक वर्ष टिभीबाट हराए । उनलाई कमब्याक गर्ने प्रेरणा र आत्मबल बलिउडका भाइजान सलमान खानले दिए । उनले कपिललाई कमब्याक मात्र गराएनन् , स्थापित नै बनाए । यतिबेला कपिल आफ्नो कमेडी शोलाई लिएर निकै उत्साहित छन् । उनले पहिले झैँ सफलता पाइरहेका छन् ।

सुनिलसँगै कपिल दुवै लोकप्रियताको मिटरमा ओरालो लागेका कपिलले दर्शकको साथ् पाए । यतिबेला फेरी उनको शो मा आउँन सेलिब्रेटीले पर्खिनु पर्ने बेला आइसकेको छ । यसै बीच कपिलले आफु सफल कमेडियन बन्नुको श्रेय बलिउडका स्टार धर्मेन्द्रलाई दिएका छन् । उनले एक अन्तर्वाताको क्रममा आफु धर्मेन्द्रकै कारण कपिलको नामले चिनीएको र आफ्नो कमेडी देखाउने अवसर पाएको बताए ।

‘मैले निकै स्ट्रगलपछी शो सुरु गरे तर त्यतिबेला अतिथि बनेर कोहि आउँन मान्थिएनन्’ उनले पुराना दिनलाई सम्झिदै भने ‘उक्त समयमा मेरो निम्तोलाइ स्वीकार्दै धमेन्द्र आइदिनु भयो , म उहाकै कारण आज यहाँ छु ।’ धर्मेन्द्र अतिथि बनेको शो निकै लोकप्रिय भएको थियो भने कपिल पहिलो पटक उक्त एपिसोड मार्फत टीआरपीको शिर्ष स्थानमा थिए । त्यसपछि कपिलको शो मा लगातार सेलिब्रेटी आइरहे । दुइ फिल्ममा अभिनय समेत गरेका कपिलले गत वर्ष आफ्नो प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्