संजय र सलमानको फिल्मको नाम फाइनल ?

फिल्म । पछिल्लो समय बलिउडमा संजयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आउने वितिकै चर्चा बढ्दो छ । फिल्म कहिलेबाट फ्लोरमा जान्छ र सलमानको अपोजिट कास्टमा को हुनेछिन् ? यसको चर्चा बढ्दो छ । संजयले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछी सलमानले संजयको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए, तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए ।

संजयलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछी भने साथ् दिएनन् । आखिर किन त ? किनकी सलमान र संजयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछी सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे । त्यसयता सलमानलाई संजयको फिल्ममा देखिएको छैन । तर यतिबेला यी जोडी नयाँ फिल्मको तयारीमा जुटिसकेको छ । झन्डै १९ वर्ष अगाडी फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका सलमान र संजयले यसैको सिक्वेल बनाउने निर्णय गरेका छन् ।

अर्थात् यी दुइले काम गर्ने फिल्मको नाम ‘हम दिल दे चुके सनम २’ राखिनेछ । पछिल्लो समय सलमानले आफैले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि संजयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका छन् । फिल्ममा सलमानको पनि शेयर रहनेछ भने फिल्मको अधिकांस निर्णयमा सलमानको पनि सहमति चाहिनेछ । यतिबेला भन्साली हिरोइनको खोजिमा छन् । उनले दीपिका पादुकोण र प्रियंका चोपडा मध्य एकलाई कास्ट गर्ने मनस्थिति पनि बनाइसकेका छन् तर फाइनल भने भएको छैन ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्