फिल्म । बलिउडका बादशाह अर्थात् शाहरुख खान पछिल्लो केही समय यता स्वास्थ्यका कारण समस्यामा छन् । गत मे २१ मा भारतको अहमदाबादमा आयोजित आइपीएलको क्रममा हिट-स्ट्रोक भएका कारण अस्पतालसम्म पुगेका शाहरुख आँखामा समस्या आएपछि पिडित भएका छन् । जुलाई २९ मा मुम्बईको एक अस्पतालमा आँखाको सर्जरीको लागि उनी गए ।
तर, योजनाअनुसार त्यहाँ सर्जरी हुन सकेन । यसकारण आँखामा पुगेको क्षतिलाई कम गर्न र थप उपचारका उनी लागि अमेरिका पुगेका छन् । भारतीय सञ्चारमाध्यमले शाहरुखको आँखामा मोतियाबिन्दु भएको हुनसक्ने समाचार सार्वजनिक गर्दै थप उपचार अमेरिकामा हुने उल्लेख गरेका छन् । पछिल्लो समय शाहरुखको आँखामा समस्या आएको यो दोस्रोपटक हो ।
कमेन्ट गर्नुहोस्











