नसोचेको भूमिका !

फिल्म । नम्रता श्रेष्ठ पछिल्लो समय फिल्म ‘जाईरा’ मा व्यस्त छिन् । पहिलो पटक एक्सन गर्ल बनेकी नम्रताले क्यारेक्टरलाई जिवन्त बनाउन निकै मेहनत गरेकी छिन् । फिल्ममा मिक्स मार्सल आर्टको खेलाडी बनेकी नम्रताले आफुले यस्तो भूमिका गर्छु भनेर नसोचेको बताईन् । ‘मैले एक्सन गर्छु भनेको सोचेकी थिइन् तर निर्देशकले मलाइ त्यो भूमिकामा पर्फेक्ट पाएको रहेछ’ उनले भनिन् ‘प्रस्ताव आएपछि मैले पनि सोचे र क्यारेक्टर च्यालेञ्जिङ्ग लागेर गरेकी हु ।’ आफुलाई खेलाडी देखाउन उनले विभिन्न प्रशिक्षण पनि लिईन् ।

‘फाइटको सिन गर्दा विहान देखि बेलुकासम्म नै हुने , निकै गाह्रो हुन्थ्यो’ उनले शुटिङको समयलाई सम्झिन । प्राय लभर गर्लको भूमिका निभाउदै आएकी नम्रता यतीबेल भने सन्तुष्ट छिन् , आफुलाई पर्दामा देखेर । क्यारेक्टरलाई जिवन्त बनाउन उनले आफ्नो कपाल समेत काटेकी थिइन् । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।

फिल्ममा नम्रतासंगै अनुप विक्रम शाही , प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा फिल्म बनेको हो ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । लोकेश बज्राचार्यले सम्पादन रहेको यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।

कमेन्ट गर्नुहोस्