को हुन् रणवीरका प्रतिस्पर्धी ?

फिल्म । गत वर्ष सार्वजनिक भएको फिल्म ‘एनिमल’ मार्फत रणवीर कपूर पुनः करिअरको उचाईमा पुगेका छन् । ‘बर्फी’,’रकस्टार’ जस्ता फिल्ममार्फत आफ्नो म्याडनेसलाई प्रमाणित गरिसकेका रणवीर लुक्स र अभिनयका कारण दर्शकका प्रिय छन् । उनै हालै दिएको एक अन्तर्वार्तामा उनले आफूलाई अभिनय मन पर्ने र आफ्नो प्रतिस्पर्धी मान्ने अभिनेताको विषयमा कुरा गरेका छन् ।

उनले विक्की कौशल, रणवीर सिंह र कार्तिक आर्यनलाई आफ्नो प्रतिस्पर्धी मानेका छन् । उनले विक्कीसँग ‘सञ्जु’ मा काम गरिसकेका छन् । यस्तै, उनले कार्तिकसँग ‘तु झुटी मै मक्कार’ मा स्क्रिन शेयर गरेका थिए । रणवीरसँग भने उनले स्क्रिन शेयर गर्न पाएका छैनन् । उनले उल्लेखित तीन अभिनेतामा आफ्नो चंचलपनसँगै गम्भीरता पनि पाउने बताएका हुन् ।

कमेन्ट गर्नुहोस्