फिल्म । आउँदो भाद्र १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’ टिम यतिबेला मोफसल टुरमा छ । फिल्मका निर्देशक नवल नेपाल , कलाकारहरु पुष्प खड्का , साम्राज्ञी आरएल शाह , गायक कृष्ण काफ्ले र निर्मात्री पुनम गौतम मोफसल टुरमा निस्किएका हुन् । मोफसलका सञ्चारकर्मी तथा दर्शकअंग भेटघाट गर्दै फिल्मको बारेमा थप जानकारी गराउने उदेश्यले टिम मोफसल निस्किएको हो । पुर्वको इटहरीबाट सुरु हुने टुर पोखरा , चितवन , बुटवल हुँदै नेपालगंजसम्म पुग्नेछ । टुरमा विशेष फिल्मले उठान गरेको कन्टेनको विषयमा चर्चा गरिने बताइएको छ ।
कोणात्मक प्रेमकथामा आधारित फिल्ममा पुष्प र साम्राज्ञीसंगै रेविका गुरुङको मुख्य भुमिका रहेको छ । फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । यो फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । फिल्मको ट्रेलर साहिल खानले तयार पारेका हुन् ।











