पाँचौँ ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ को मनोनयन सार्वजनिक

सङ्गीत । पाँचौँ ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा यो हुने यो अवार्डमा विगत झैँ यस पटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा मनोनयन गरिएको छ । स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाका अनुसार गीतसंगीत तर्फ आधुनिक, पप, लोक पप, चलचित्र, लोक, लोक दोहोरी, नेपाल भाषाका विभिन्न २२ विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

यस पटक संगीत र मोडलिङतर्फ गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो निर्देशक, कोरियोग्राफर, मोडलहरूबिच विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजक एवम् स्टार वान इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताए ।

पछिल्लो डेढ वर्ष यता रिलिज भएका गीत संगीतलाई यो अवार्डमा समावेश गरिएको अवार्डकी प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराएकी छिन् । नेपाली गीत संगीत, फेशन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्याउनु भएका विभिन्न स्रष्टालाई अवार्ड समारोहमा विशेष योगदान सम्मानबाट सम्मानित समेत गरिने प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराइन् ।

नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४, पाँचौँ संस्करणको मनोनयन सूची यस प्रकार रहेको छ ।

क) उत्कृष्ट फेसन डिजाइनर १. दिल माया मगर – एम के एम फेशन हाउस २. काजल शर्मा – काजल क्रियसन ३. सञ्जिता बराल – पटुकी पोसाक

ख) उत्कृष्ट म्युजिक भिडियो मेकअप आर्टिष्ट १. उर्मिला लामा – छोड सताउन २. मनीषा श्रेष्ठ – नगर दोमन ३. विक्रम गौतम – हंगामा ४. माही सिंह – माया बिक्रीमा छ ५. सरिता प्रजापति – तिम्रो तस्बिर

ग) उत्कृष्ट कोरियोग्राफी (स्टेज प्रस्तुति) १. शर्मिला तामाङ – कोदोको ढिँडो २. सन्देश तामाङ – नयुता मारो नाक्ला ३. केशव कोइराला – माया भन्दा ठुलो ४. रेनुका लामा – सर सर पाइला सर्दैन ५. कृष्टी शाही – सानोमा सानो

घ) उत्कृष्ट नेपाल भाषा गीत (गायन) १. बिराज महर्जन – नक्कलिम्ह मय्जु २. गंगादेबी महर्जन – कतांमरी या रुप छँगु ३. राजकुमार मानन्धर – छँगु मतिनाया आशय ४. सुनिल चित्रकार – मुसुहुँ न्हिला ५. भिमप्रसाद प्रजापति – हाकु पर्सी तुयु गाचा

ङ ) उत्कृष्ट नेपाल भाषा गीत (रचना) १. सुरजबीर बज्राचार्य – नक्कलिम्ह मय्जु २. रजन कुस्ले – होली फागू ३. संघरत्न शाक्या – कतांमरी या रुप छँगु – ४. राजकुमार मानन्धर – छंगु मतिनाया आशय ५. अमृत रत्न शाक्य – मुसुहुँ न्हिला

च) उत्कृष्ट लोक गीत (गायन) १. प्रमोद डिजी – रुपसा पातली सुवा २. शान्ति कुमारी शाही – हरि भजन ३. मनिष चौधरी – सुन्तला पाक्यो ४. आयुमी तामाङ – ओए सोल्टिनी ५. लक्ष्मण श्री – म तिम्रै डल्ले हो

छ) उत्कृष्ट पप÷लोक पप गीत १. सुमन दाहाल – अस्ति भन्दा हिजो २. कुमार भारती – बालेन्द्रको बत्तीमा ३. पुरुषोत्तम सुवेदी – सिरसिर बतास ४. नम्रता तामाङ – दिलमा चुकुल ५. रामचन्द्र खरेल – बालेन सिटी काठमाडौँ

ज) उत्कृष्ट लोक दोहोरी गीत (गायक) १. मदन ढकाल – रुमाल फरर २. चन्द्र शर्मा – बालेनको सहर ३. अर्जुन सापकोटा – बस्यौ अलक्कै ४. नमराज ढुँगाना – नगर दोमन ५. गोविन्द मधुर आचार्य – निरी मायाको

झ) उत्कृष्ट लोक दोहोरी गीत (शब्द) १. अनिल दवाडी – तिम्रो त दुनियाँ छ २. डब्बु क्षेत्री – छोड सताउन ३. कृष्ण रोशनी आचार्य – निरी मायाको ४. रमेश परियार – म यसरी हारी दिन्छु की ५.कुमार गन्धर्व – मिठो बोली

ञ) उत्कृष्ट लोक दोहोरी गीत (गायिका) १. नम्रता खरेल – माया पिरतीको गाउँ २. सपना रोका – झ्यालमा सेतो पर्दा ३. कविता खत्री – नमस्ते ढोग्दिया ४. गीता भट्टराई – नवलपुरे कान्छी ५. सीमा थापा – सनाई ढोलक

ट) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल पुरुष) १. बादल घिमिरे – कसम तोड्ने म २. कृष्ण सापकोटा – डाँडै कटाउने ३. प्रवण भुसाल – छोड सताउन ४. पल शाह – मायालाई पानको पात ५ यस राज गराच – माया पिरतीको गाउँ

ठ) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल महिला) १. अस्मिता पुरी – फूलमाया २. नारायणी खत्री – करिमैमा ३. अस्मिता रणपाल – देखिएको च्वाँक च्वाँक ४. जुना कार्की – यो दुनियाँ त बेग्लै ५. जुना गुरुङ – जान्छ्यौ र माइली

ड) उत्कृष्ट लोक तथा दोहोरी गीत म्युजिक भिडियो (कोरियोग्राफर) १. मुकेश नेपाली – धादिङ गजुरी २. रबिता मगर – एक नम्बरी सुन ३. कृष्ण रसाल – छोड सताउन ४. सिबोन श्रेष्ठ – यो दिलको पाइलट ५. नितिन वाईबा – जाऊँ त भने बाटोमा

ढ) उत्कृष्ट चलचित्र गीत (गीतकार) १. उर्मिला गुरुङ – के भरोस गरम, (एक्टर टेक वान) २. राजेश कुमार श्रेष्ठ – दिन बित्ला (एक्टर टेक वान) ३. विकास विष्ट – बाहिरी पीडाले भन्दा (न मेटिएको घाउ) ४. शैलेन्द्र खनाल शरद – जय गोर्खाली (गोर्खा वारियर)

ण) उत्कृष्ट चलचित्र गीत (संगीतकार) १. राजेन्द्र बजगाईँ – बुट्टे रुपमा (ब्लाक छाया) २. एलिश कार्की – जय गोर्खाली (गोर्खा वारियर) ३. हर्कुलस बस्नेत – के भरोसा गरम (एक्टर वान टेक) ४.दीपक शर्मा – बिहे भाको छैन (छक्का पञ्जा ५)

त) उत्कृष्ट आधुनिक गीत (गीतकार) १. दीपेन्द्र अधिकारी – जिन्दगीको यो खेल २. डब्बु क्षत्री – तिमीलाई नै सधैँ ३. हंस राज जोशी – मलाई तिमी मन प¥यो ४. डा. देवेन्द्र आचार्य – सजाय काफी हुँदैन ५. शेर साउद – प्रेम कथा

थ) उत्कृष्ट आधुनिक गीत (गायक) १. नारायण थापा – तिमीलाई नै सधैँ किन २. विनोद राई – जिन्दगी हो खेल जस्तै ३. गोविन्द मधुर आचार्य – एक दिन उज्यालो आउला ४. सैराज खाती – यो दिलको पाइलट ५. ओम सुनार – मायाले सजाउँदा

द) उत्कृष्ट आधुनिक गीत (गायिका) १. शर्मिला वर्देवा – सजाय काफी हुँदैन २. स्वाती भट्ट – यो दिलको पाइलट ३. सुमी पराजुली – माया गर्ने तरिका ४. गीता पाण्डे – चाहेको बाटो ५. शोभा पाण्डे – डल्ले खुर्सानी

ध) उत्कृष्ट आधुनिक गीत (संगीतकार ) १. राजकुमार बगर – जिन्दगी यो खेल जस्तै २. राजेन्द्र बजगाईँ – सजाय काफी हुँदैन ३. योगेन्द्र उपाध्याय – एक्लो भएछु ४. शंकर थापा स्माइल – तिमीलाई म कती माया गर्छु ५. टेक राज ओझा – दिल्ली आग्रा

न) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल पुरुष) १. अंशु बर्मा – पैसा २. अभि सुनुवार – म छु आज रोडमा ३. सुरेश कोली – मौसम मौसम… ४. कमल सिंह – चाहन्छु ४ ५. विक्रम बुढाथोकी – कस्तो थिएँ कस्तो भएँ

प) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल महिला) १.सदीक्षा पाण्डे – राजाको राज्य २.रुबिना अधिकारी – नजर लाग्ला नि ३. शिला गजुरे – हाँसेर माग ४. मल्लिका राजोपाध्याय – हे गोरी ५. दीपिका थापा – पैसा

फ) उत्कृष्ट आधुनिक गीत (कोरियोग्राफर) १. कृष्ण रसाल – तिमीलाई नै सधैँ २.दिलीप ओखेडा – तप तप पानी ३. शिशिर खाती – दर्शन गरेँ ४.सुरेन्द्र बसेल – चाहन्छु ५ ५.प्रवीण थापा – डिम्पल पर्ने गाला

कमेन्ट गर्नुहोस्