बलिउड । बलिउड स्टार शाहरुख खानको नयाँ फिल्म ‘जवान’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हिन्दीसँगै तामिल र तेलुगु भाषामा सार्वजनिक गरिएको ‘बन्दा जिन्दा’ बोल रहेको गीतमा शाहरुख विभिन्न अवतारमा प्रस्तुत छन् । ठूलो स्केलमा छायांकन गरिएको गीतमा केन्द्र शाहरुख नै छन् । उनको बुढेसकालमादेखि जवान लुक्सलाई भिडिओमा देखाईएको छ । विशेषत उनको फ्यानले गीतमा शाहरुखले गरेको नृत्यको प्रसंशा गरिरहेका छन् ।
फिल्ममा नयनतारा, दीपिका पादुकोण र विजय सेतुपति लगायतको अभिनय रहेको छ । रेड चिलिज इन्टरटेनमेन्टले प्रस्तुत गरेको फिल्मको निर्देशन एटलीले गरेका छन् । गौरी खान निर्मित यो फिल्म तेलुगु र तमिल भाषामा पनि रिलिज हुदैछ ।
कमेन्ट गर्नुहोस्










