फिल्म । बाढी-पहिरोमा परेर घाइते भएकाहरुका निम्ति चलचित्र पत्रकार संघ, नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले शनिबार सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर उपत्यकाको अनामनगरमा गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको छ । रक्तदानमा उपस्थिति भएका केहिले स्वास्थ्यका विभिन्न समस्याले गर्दा रक्तदान गर्न सकेका थिएनन् । कोरोना महामारीको अवस्था रहेता पनि सामाजिक दुरी कायम गरेर संघले गरेको रक्तदानले रगतको अभाव पुर्ती गर्न केहि मदत गर्ने विस्वास संघका अध्यक्ष दिनेश सिटौलाको छ ।
‘कोरोना भाइरसको डर रहेता पनि हामीले सुरक्षाका उपाए अपनाएर गरेको रक्तदानले कसैको लागि जीवन बचाउन सक्छ’ अध्यक्ष सिटौलाले भने । कार्यक्रममा निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकास रौनियारलगायत संघका सदस्यहरुले रक्तदान गरेका हुन् । संघले आगामी दिनमा पनि यस्तै किसिमको सामाजिक हित हुने कार्यक्रमहरु तर्जुमा गर्दै जाने अध्यक्ष सिटौलाले बताए ।