दिलराज दिलरानीमा आप जोडी (भिडियो)

संगीत । पछिल्लो समय पल शाह र आंचल शर्मा फिल्ममा मात्र होइन , म्युजिक भिडियोमा पनि जोडीकै रुपमा देखिन थालेका छन् । यी दुइले जोडी भएर धेरै नै भिडियोमा अभिनय गरिसकेका छन् । रियल लाइफमा समेत जोडी रहेको गसिप आउने गरेपछि यी दुइलाई रिल लाइफमा संगै देखाउने धेरै नै निर्देशकहरु छन् । यसैक्रममा भ्यालेन्टाइन डे लाइ लक्षित गर्दै यो आप जोडीको केहि भिडियो सार्वजनिक भइरहेको छ ।

यहि जोडीको नया म्युजिक भिडियो ‘दिलराज दिलरानी’ सार्वजनिक भएको छ । गीतमा शब्द सुमन श्रापितको रहेको छ भने यसमा संगीत बिबी अनुरागीले दिएका छन् । गीतमा बिबीसँगै इन्दु बानियाको स्वर रहेको छ । गीतमा नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ भने यसलाई कोरियोग्राफसँगै गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्