प्रकाश राजले गरे चुनाव लड्ने घोषणा

फिल्म । दक्षिण भारतीय फिल्म हुदै भारतीय फिल्म मार्फत लोकप्रिय बनेका अभिनेता प्रकास राजले चुनाव लड्ने भएका छन् । वान्टेड तथा सिंघम जस्ता फिल्म मार्फत उनलाई बलिउडका दर्शकले पनि चिनिसकेका छन् । केहि समय अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गरेर चर्चामा आएका प्रकाशले नयाँ वर्षको शुभकामना दिदै चुनाव लड्ने जनाएका छन् । उनले ट्विटर मार्फत चुनाव लड्ने जानकारी दिएका हुन् । उनले आफु निर्दलीय उम्मेदवारको रुपमा लोकसभाको लागि चुनाव लड्ने जनाएका छन् । उनले चुनाव लड्ने मनसाय बनाएपछि मोदी विरोधी धेरै दलले आफ्नो पार्टीबाट लड्न समेत उनलाई प्रस्ताव गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्