पाठ्यक्रमबाटै फिल्मी शिक्षा

फिल्म । नेपाली फिल्मले पाँच दशक पार गर्ने लाग्दा यससम्बन्धि पठनपाठन हुने भएको छ । नेपाली फिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सार्दै यसलाई शिक्षामा अनिवार्य गर्दैछ । नेपाली फिल्मको बारेमा अब विद्यालयस्तरमै शिक्षा दिइने विकास बोर्डले जनाएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गर्दै फिल्म पाठ्यक्रम विकासमा सहयोग लिने भएको छ ।

संवत् यसलाइ आउँदो शैक्षिकसत्रबाट सुरु गरिने छ । विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको समेत बोर्डले जनाएको छ । बोर्डले स्कुल तहदेखि नै फिल्मको ईतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले पहल गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्