जुलाईमा ‘हंगामा २’

फिल्म । सफल फिल्म ‘हंगामा’ को दोस्रो सिरिज भनिएको ‘हंगामा २’ यहिँ जुलाई महिनामा रिलिज हुने भएको छ । कमेडी फिल्म बनाउन माहिर मानिने निर्देशक प्रियादर्शनले निर्देशनमा कमब्याक गरेको फिल्म ‘हंगामा २ ‘ जुलाई २३ मा रिलिज हुने भएको छ । कोरोना भाइरसको पहिलो लहर कम भएसंगै बाँकी रहेको छायांकन र प्रोडक्सनको काम पुरा गरिएको फिल्मलाई डिज्ने प्लस हटस्टारले रिलिज गर्न लागेको हो ।

बलिउडका ७ फिल्म एकसाथ खरिद गरेर बलिउडलाई ओटीटीमा ल्याएको डिज्नेले फिल्मलाई यसै महिना रिलिज गर्न लागेको हो । मलयालम फिल्म मार्फत अभिनेतासंगै लेखक बनेर फिल्मी जगतमा आइपुगेका प्रियादर्शनले मलयालम , तमिल , तेलुगु र हिन्दी भाषाको फिल्म निर्देशन गरेका छन् । पछिल्लो समय बलिउड भन्दा पनि मलयालम र तमिल फिल्ममा व्यस्त उनले आफ्नो सफल फिल्म ‘हंगामा’ को सिक्वेल ल्याउने र आफ्नो पुरानै शैलीमा दर्शक हसाउने तयारीमा छन् ।

सन् २००३ मा प्रदर्शन भएको फिल्म ‘हंगामा’ ले राम्रो व्यापार गरेको थियो । ‘हंगामा २’ लाइ रतन जैनले निर्माण गरेका हुन् । फिल्ममा शिल्पा सेट्टी , परेश रावल ,मेजान जाफ्री , प्रनिथा सुवास लगायतको अभिनय रहने छ । ‘कन्फ्यूजन अनलिमिटेड’ स्लोगन रखिएको फिल्ममा भरपुर कमेडी हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्