लुकिछिपीमा सुरविना र मुकुन (भिडियो)

संगीत । डेब्यु फिल्म मार्फत नै अभिनयमा चर्चा बटुलेका चोपेन्द्र अर्थात मुकुन भुषाल र सुरविना कार्की अभिनित म्युजिक भिडियो ‘लुकिछिपी किन मायामा’ सार्वजनिक भएको छ । गाउँले मायालाई देखाइएको गीतमा मुकुन र सुरविनासँगै अनु काफ्ले , मनिष तामाङ लगायतका अन्य कलाकारहरु पनि रहेका छन् । गीतमा शब्द , संगीत र स्वर गणेश सेन्चुरीको रहेको छ । उनले गीतमा टिपिकल शब्दलाई रोजेका छन् । गीतमा निसल पौडेलको छायाँकन रहेको छ भने यसलाई भिम विश्वकर्माले सम्पादन गरेका हुन् । गीतमा नविन चौहानको निर्देशन रहेको छ ।

Facebook Comments