फ्राइडे फिल्म : हलमा ‘प्रेमा’

फिल्म। फ्राइडे फिल्म अन्तर्गत ‘प्रेमा’ प्रदर्शनमा आएको छ। प्रेमकथामा आधारित चलचित्र अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रीत छ। निर्देशक गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गर्नुभएको छ।

चलचित्रलाई काठमाडौँ, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ । यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गर्नुभएको छ । चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो।

कमेन्ट गर्नुहोस्