नितेश , स्वप्न , सुमन र लाउरे एउटै स्टेजमा

संगीत । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मङ्सिर २२ गते शनिवार टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ हुने जानकारी गराइयो । कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा धेरै कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिनेछन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् । उनीहरुसंगै २ दर्जनबढी कलाकारको उपस्थिती रहने उक्त कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुने शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कमेन्ट गर्नुहोस्