‘माइकल अधिकारी’ बन्दै सौगात , साथमा सृष्टी पनि

फिल्म । सौगात मल्ल र सृष्टी श्रेष्ठ प्रेममा परेसंगै फिल्ममा जोडी बनेर देखि क्रम बढ्दो छ । यसले नयाँ फिल्म ‘माइकल अधिकारी’ मा पनि निरन्तरता पाउने भएको छ । गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको फिल्ममा उनीहरु अनुबन्ध भएका छन् । केही दिनमा फिल्मको औपचारिक निर्माण घोषणा गरिने बताइएको छ । फिल्मलाई एक भारतीय निर्देशकले निर्देशन गर्ने जानकारी प्राप्त छ ।

यस फिल्मसंगै गोपीकृष्णले अन्य केहि घोषणा पनि गर्दैछ । पहिलो प्रोजेक्टको रुपमा ‘माइकल अधिकारी’ फ्लोरमा जानेछ भने त्यसपछि अन्य प्रोजेक्ट क्रमश अगाडी बढ्ने छन् । बुझीए अनुसार गोपीकृष्णले एकसाथ ५ फिल्म घोषणा गर्दैछ , जस मध्य पहिलो ‘माइकल अधिकारी’ हुनेछ । केहि समय यता फिल्म निर्माण भन्दा पनि वितरणमा सक्रिय गोपीकृष्ण मुभिजले आफ्नो फिल्म ‘गोपीकृष्ण’ सिक्वेल पनि बनाउने तयारी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्